मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि नै कुटपिट
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2020/third-party/Mask-1597673238.jpg&w=700&height=600)
भाद्र १, २०७७ | कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क लगाएर हिँड्न आग्रह गर्दा युवाको समूहले ६ प्रहरीमाथि कुटपिट गरेका छन् । लबनी अस्थाई प्रहरी चौकीमा कार्यरत हवल्दार विनोद वरुण, जवान द्वय जियावन कोहार र महेन्द्र यादवमाथि कुटपिट भएको प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताउनुभयो ।
उनीहरुको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारभईरहेको छ । सामान्य अवस्थाका मुकेश यादव लगायत ३ प्रहरीको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बाटोमा हिँडेका दुई युवालाई मास्क लगाउन भन्दै प्रहरीले सम्झाई बुझाई गरेर पठाएको थियो । पछि उनीहरुले गाउँबाट युवाहरुको समूह बोलाएर ल्याई प्रहरी माथि कुटपिट गरेको डीएसपी मल्लले बताउनुभयो ।
कुटपिट गर्ने युवाको पहिचान भएको र उनीहरुको खोजी भईरहेको प्रहरीले छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई मास्क नलगाएई नहिँडन निर्देशन गरेको थियो । सो अभियानमा खटिएका प्रहरीमाथि हातपात भएको हो ।