देशमा शान्ति र सद्भाव भत्काउन खोजियोः गृहमन्त्री अर्याल

आश्विन ३०, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भत्काउन खोजिएको आरोप लगाउनुभएको छ ।

 जिल्ला प्रशासन कार्यालय भक्तपुर निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले संचारकर्मीहरुसँग कुरा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमै गर्न नदिन केही तत्व लागीपरेको बताउनुभयो । निर्धारित मितिमा सरकारले निर्वाचन गराउने उहाँले दावी गर्नुभयो ।

निर्वाचनका लागि दलहरुले सहयोग गर्नुपर्ने र सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । 


प्रतिक्रिया