पाँचथरमा लकडाउन लम्बियो

भाद्र १२, २०७७ | पाँचथर

पाँचथरको फिदिम नगरपालिकामा पुन: लकडाउन गरिएको छ ।

 कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, जिल्लास्तरीय प्रकोप व्यवस्थापन समिति र फिदिम नगरपालिकाले छुट्टा छुट्टै बैठकले भदौ १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाइँले बताउनुभयो । 

हालसम्म जिल्लामा ४ प्रहरी सहित १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । उनीहरु मध्ये ५ जना उपचार पश्चात घर फर्केपनि ७ जना उपचारकै क्रममा छन् ।


प्रतिक्रिया