लेजरमा लाईटमा बुद्ध जीवनी

फाल्गुन २१, २०७७ | कपिलवस्तु

लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी विकास कोषले आधुनिक साँस्कृतिक धरोहर निर्माण सम्पन्न गरेको छ । अत्याधुनिक प्रविधि लेजर लाईटका माध्यमबाट भगवान गौतम बुद्धको जीवनी देखाउन कोलोनेड तथा सिम्बोलिक पेभेलियन तयार गरिएको हो ।

सो क्षेत्रमा जापानी वास्तुकला टांगे आर्किटेक्ट अनुसार गुम्बज शैलीमा संरचना तयार गरिएको छ । उत्तर दक्षिण चार वटा अग्ला अग्ला गोलाकार सिम्बोलिक पेभेलियन छन् । ३० लाख लिटर पानी जम्मा गर्न सक्ने क्षमताको पोखरी त्यहाँको अर्को आकर्षण हो । 

त्यही पानीलाई प्रविधि प्रयोग गरि फोहोरा बनाई लेजर माध्यमबाट प्रकाश र ध्वनीमार्फत गौतम बुद्धको जीवनी देखाइने लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भटराईले बताउनुभयो । त्यहाँ दुई हजार ५ सय जनासम्मले कार्यक्रम हेर्न सक्ने छन् । 

उत्तर तिर दुई अग्ला सिम्बोलिक पेभेलियनको बीचमा निर्माण गरिएको दक्षिण एशियाकै अग्लो मानिने ४१ दशमलब ५ मिटर अग्लो शान्ति स्तुप आकर्षणको मुख्य केन्द्रको रुपमा रहेको छ ।


प्रतिक्रिया