एनआरएन महासचिव जोशीद्वारा १४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

भाद्र १४, २०७९ | लमजुङ

गैरआवासीय नेपाली संघ (एनआरएन) का महासचिव गौरीराज जोशीले बेंसीसहर नगरपालिकामा १४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुभएको छ ।

हाल अमेरिका बस्दै आएका जोशीले अक्सिजन कन्सन्ट्रेटरका लागि एनआरएनलाई रकम उपलब्ध गराएको थियो । एनआरएनले बेंसीसहर पठाएको हो । बेंसीसहर नगरपालिका ११ का वडाअध्यक्ष शिवप्रसाद जोशीको पहलमा एनआरएन सचिव जोशीले बेंसीसहर नगरपालिकालाई १२ वटा र मानवसेवा आश्रमलाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

अक्सिजन कन्सन्ट्रेटर सोमबार वडाअध्यक्ष शिवप्रसाद जोशीले नगरप्रमुख गुमानसिंह अर्याललाई हस्तान्तरण गर्नुभयो । नगर प्रमुख अर्यालले बेंसीसहर नगरपालिकाभित्रका सवै वडाको स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर पठाइने बताउनुभयो ।

एउटा अक्सिजन कन्सन्ट्रेटरको मुल्य १ लाख २५ हजार रुपैयाा वडाअध्यक्ष जोशीले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ काडेलले स्वासप्रस्वासको समस्या भएकालाई गाउामै कन्सन्ट्रेटरको माध्ययमबाट अक्सिजन दिन सकिने बताउनुभयो । ‘सदरमुकामको नगरपालिका भए पनि केही गाउाबाट तत्काल सहरबजार आएर अक्सिजन लिन सक्ने अवस्था छैन । शरीरमा अक्सिजन कम भएका र स्वासप्रस्वास समस्या भएका बिरामीले अब गाउाका अक्सिजन लिन सक्ने भए’ उहाँले भन्नुभयो ।


प्रतिक्रिया