ओलीद्धारा निर्वाचनमा पार्टीले ब्योहरेको पराजय स्वीकार

फाल्गुन २८, २०८२ | काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफूले सोचेजस्तो नआएको बताउनु भएको छ ।

आज बिहान फेसबुकमा स्टाटस लेख्दै उहाँले जनताको मतलाई पूर्णरूपमा स्वीकार गर्ने बताउनु भएको हो । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको उहाँको भनाइ छ ।

जनताको मतलाई सम्मानका साथ स्वीकार्ने भन्दै ओलीले निर्वाचनको परिणाम आफू र पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने जिकिर गर्नु भएको छ ।

त्यस्तै उहाँले आफु र आफ्नो पार्टीलाई मत दिने सम्पूर्ण मतदातामा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले निर्वाचनमा खटिने नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिनिधि सभा चुनावमा एमाले निकै थोरै सिटका साथ तेस्रो भएको छ । 


प्रतिक्रिया