एन्फा राष्ट्रिय लिग : एनआरटी र लालिगुराँसको बराबरी
फाल्गुन २७, २०८२ | काठमाडौं
एन्फा राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम एनआरटी र लालिगुराँस एसोसिएसनले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा एनआरटी र लालिगुराँसले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको २६औं मिनेटमा अन्जन विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए पनि लालिगुराँसका आशिष गुरुङले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीपछि छैटौं स्थानको एनआरटीको १० खेलबाट १९ अंक भएको छ । समान खेल खेलेको लालिगुराँस २० अंक जोडेर चौथो स्थानमा छ ।









