संसदको समयावधि सकिने बित्तिकै महाअभियोग स्वत: निस्क्रिय हुन्छ–थापा

भाद्र ३०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बर्तमान संसदको समयावधी सकिने बितिकै प्रधानन्यायाधिस माथिको महाअभियोग स्वत: निस्क्रिय हुने बताएका छन् । सप्तरीको राजविराजमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले महाअभियोग लगाउने नै नभएपछि स्वत निश्क्रिय हुने उल्लेख गर्नुभयो । 

महाअभियोग राजनैतिक कारणले लगाईएको दावी गर्दे थापाले ललिता निवास प्रकरण, संसद पुर्नस्थापना र एकीकृत समाजवादीका सांसंद सम्बन्धी मुद्धाका विषय लिएर महाअभियोग लगाईएको दाबी गर्नुभयो । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जवराले महाअभियोग सिफारिस समितीमा महत्वपुर्ण र संवेदनशिल बिषय उठाएको बताउँदै थापाले जवराले उठाएको विषयलाई नजरअन्दाज गर्न नहुने पनि उल्लेख गर्नुभयो । 

न्यायालय भित्रको बिकृती र बिसंगतिका विषयमा जबराले कुरा उठाएकोले त्यसलाई नजरअन्दाज गर्न नहुने थापाको भनाई थियो । 


प्रतिक्रिया