गुल्मीमा तारा एयरको सफल उडान

पुस २४, २०७९ | गुल्मी

गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरले सफल डेमो उडान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नाइन एन–ए–एलओ कल साइनको विमानले जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा अवतरण गरेको हो ।

पहिलो पटक हवाईयात्रीका रुपमा गुल्मी पुगेका नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले चिल उडेका फोटोहरु खिचेर ट्रोल बनाउने व्यक्तिहरुका कारण नियमित उडान चाँडो बनाउन सम्भव भएको बताउनुभयो ।

एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव राम कुमारी झाँक्रीले अब नियमित उडानको लागि तयारी गर्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया