सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख निलम्बित

फाल्गुन १७, २०७९

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नगरप्रमुख गुप्ता बिरुद्ध घुस लिएको आरोपमा बिशेष अदालतमा आरोप पत्र दायर गरेसंगै नगरप्रमुख गुप्ता निलम्बित भएका हुन् । नगरप्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसंग एक लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको अख्तियारले जनाएको छ । 

अख्तियारको इटहरीस्थित कार्यालयवाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एकलाख ४० हजार रुपैया घुस लिईसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि बिपक्षी वनाई बिशेष अदालतमा आरोप पत्र दायर गरेको हो । दुबैजनालाई बिगो एक लाख ४० हजार कायम गरि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदावी गरिएको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया