सप्तकोसीलाई पश्चिम फर्काईदै, नेपाली बस्ती खतरामा

चैत्र २०, २०७९

भारतीय पक्षले कोसी नदीको मूलधारलाई पश्चिमी तटबन्धतर्फ फर्काउन सुरु गरेको छ । नेपाली बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा ठेकेदार तथा प्राविधिकले मनोमानी रुपमा च्यानल नै खनेर नदीको मूलधार पश्चिमतर्फ फर्काएपनि नेपाली प्रशासन मौन बसेको हाम्रा सहकर्मीले जनाएका छन् । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलास्थित सशस्त्र प्रहरीको क्याम्प रहेको स्पर भन्दा उत्तरको स्पर नजिक भारतीय ठेकेदारले बालुवा कटान गरी नदीलाई पश्चिमतर्फ फर्काएको हो । नेपाली बस्तीलाई जोगाउन निर्माण गरिएको पश्चिमी तटबन्ध केही स्थानमा होचो छ । 

पश्चिमी तटबन्धमाथि नदीको पानीको दबाब बढे तटबन्ध असुरक्षित हुने र मानव बस्तीमा बाढी पस्ने खतरा बढेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रहरी टोली परिचालन गरी जानकारी लिने काम भइरहेको बताउनुभयो । 


प्रतिक्रिया