मिटरब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता पक्राउ

चैत्र २०, २०७९

चर्को ब्याज असुलेको र धरौटी बापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई पक्राउ गरेको हो । 

उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो । 

सप्तरीका निर्मलकुमार यादवको जाहेरीको आधारमा शर्मामाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाईएको हो । ऋणीले पुरै ऋण चुक्ता गर्दा पनि जग्गा फिर्ता गर्न नमानेपछि पीडितले प्रहरीमा जाहेरी दिएको डीएसपी सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया