कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

वैशाख १५, २०८०

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा आज विश्वासको मत लिनेक्रममा उहाँको पक्षमा २९ जना सांसदले मत दिए थिए ।

उहाँको विपक्षमा १० सांसदले मत दिएका छन् । शर्मालाई माओवादी केन्द्रका १३, कांग्रेसका १४, एकिकृत समाजवादीका १ र १ स्वतन्त्र सांसदले मत दिएका थिए । केन्द्रीय सत्ता समीकरण अनुसार कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिए पछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनु भएको हो । 

यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।  


प्रतिक्रिया