प्रधानमन्त्री दाहालको भारत भ्रमण जेठ १५ पछि हुने

वैशाख १६, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण जेठ १५ पछि मात्रै हुने भएको छ । प्रधानमन्त्री दाहाल भारत भ्रमण जाने भनिएपनि समयलाई लिएर अन्यौल भईरहेका बेला अब जेठ १५ पछि मात्रै भ्रमणको मिति तय हुने प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । जेठ १५ मा मुलुकमा बजेट आएपछि मात्रै प्रधानमन्त्रीले दिल्लीको भ्रमण गर्नुहुने बालुवाटार श्रोतले जनाएको छ ।

भारत भ्रमणका विषयमा प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री एनपी साउदबीच सिहंदरवारमा हिजो छलफल भएको थियो । यसअघी वैशाख तेस्रो साता हुने भनिएको भ्रमण भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण जेठ १५ पछि धकेलिएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि प्रधानमन्त्रीको भ्रमणको गृहकार्य शुरु भईसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, दुवै मुलुकका परराष्ट्रमन्त्रालयबीच आन्तरिक तयारी भईरहेको छ । ठ्याक्कै मिति तय नभएपनि हामीले विभिन्न एजेण्डामा छलफल गरिरहेका छौं ।

दुई मुलुकबीच यसअघी भएका सम्झौताको कार्यन्वयन, पूर्वाधार विकास, एवं ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानमा भ्रमण केन्द्रीत हुने बताईएको छ । 


प्रतिक्रिया