गर्मी बढेसंग सतर्कता अपनाउन मन्त्रालयको आग्रह

जेष्ठ १९, २०८०

मुलुकभर गर्मी बढेसँगै स्वस्थ्या तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको छ । गर्मी बढेसँगै तातो हावा र लुको जोखिम हुनेहुँदा त्यसबाट जोगिन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले गर्मीबाट जोगिन दिउँसोको समयमा घरबाहिर ननिस्कन, चिसोपानीले नुहाउन, मदिरा सेवन नगर्न चिनीको मात्रा बढी भएको झोल पदार्थ र फलफुलको सेवन गर्न आग्रह गरेको छ । 

त्यस्तै , पछिल्लो २४ घण्टामा थप दुई जनामा कारोना संक्रमण देखिएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ६७ जनामा गरिएको नमुना परिक्षमा दुई जनामा संक्रमण देखिएको हो । सोही अवधिमा थप ५ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर सक्रिय संक्रमितको संख्या १९ जना रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया