नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको संकेत

असार ४, २०८२ | काठमाडौं
अमेरिकाले वैदेशिक सहायता मिलेनियम कर्पोरेसन च्यालेन्ज कार्यक्रम (एमसीसी) परियोजना अगाडि बढाउने संकेत गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गर्दै एमसीसीमा लागेको अस्थायी निषेध हटेको जानकारी दिएको हो । सन् २०२५ फेब्रुअरीमा अमेरिकी विदेश सचिवले विदेशी सहायता ९० दिनको लागि स्थगित गरेपनि एमसीसी नेपाल कम्प्याक्टलाई भने सहायता दिन स्वीकृति दिइएको विज्ञप्तीमा उल्लेख छ ।
यद्यपी, डोनाल्ड ट्रम्प प्रशासनले गरेको वैदेशिक सहायताको समीक्षा जारी छ । तर, नेपालमा एमसीसी कार्यक्रमलाई पूर्ण कार्यान्वयनका साथ अगाडि बढाइने विज्ञप्तीमा उल्लेख छ । एमसीसीले अर्थ मन्त्रालय र एमसीए–नेपालसँग मिलेर काम गरिरहेको छ । विज्ञप्तीमा अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्धमा प्रतिबद्ध रहेको र समृद्ध तथा दिर्घकालीन आर्थिक लचिलोपनलाई बढावा दिने प्रयासहरू मार्फत नेपाली जनतालाई सहयोग पु¥याउने उल्लेख छ ।
यसैबीच, नेपाल सरकारले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४ सय के. भी. डवलसर्किट विद्युत प्रसारणलाइन आयोजना निर्माणका लागि सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३ दशमलव ६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ ।