महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

असार ४, २०८२ | काठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट २०२६ को खेल तालिका सार्वजनिक भएको छ । 

आईसीसीले आज दुई समूहसहितको खेल तालिका सार्वजनिक गरेको हो । अर्को वर्ष जुन–जुलाईमा आयोजना हुने प्रतियोगिताको समूह १ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत र पाकिस्तानसहित ग्लोबल क्वालिफायरबाट आएका दुई टिम हुनेछन् ।

 यस्तै, समूह २ मा आयोजक इंग्ल्यान्ड, साविक विजेता न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज र बाँकी दुई क्वालिफायरबाट आएका टिमहरू समावेश हुनेछन् । २४ दिनसम्म चल्ने प्रतियोगितामा ३३ खेलहरू हुनेछन् । प्रतियोगिताका लागि ग्लोबल क्वालिफायरबाट ४ टोली विश्वकपमा पुग्ने प्रावधान छ । 

ग्लोबल क्वालिफायरमा यसपटक नेपाली महिला क्रिकेट टोली पनि खेल्दै छ । गत महिना भएको एसिया छनोट पार गर्दै नेपाली टोली पहिलोपटक ग्लोबल छनोटमा पुगेको थियो । 


प्रतिक्रिया