शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

असार ४, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरणका लागि पेश भएको सो विधेयक संविधान बमोजिम राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
सो विधेयक संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएपछि प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो । राष्ट्रिय सभाबाट उत्पत्ति भएको सो विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।