इजरायल र इरानबाट फर्कन चाहने नेपाली नागरिकको विवरण संकलन सुरु

असार ४, २०८२

तेलअभिभस्थित नेपाली दूतावासले इजरायल र इरानबाट फर्कन चाहने नेपाली नागरिकको विवरण संकलन सुरु गरेको छ । इजरायल–इरान द्वन्द्व चर्किंदै जाँदा उद्धार तथा स्वदेश फिर्ताका लागि राजदूतावासले विवरण संकलन गरेको हो । 

दूतावासले सूचना जारी गर्दै समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्दार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले संकलन कार्य शुरु गरेको जनाएको छ ।

दूतावासका अनुसार इजरायलमा करिब ७ हजार र इरानमा १२ जना नेपाली छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले फर्किन चाहनेहरू सम्पर्कमा आएको खण्डमा उनीहरूको संख्या हेरी आवश्यक योजना बनाउने बताउनुभयो । 


प्रतिक्रिया