सूर्य नेपाल प्रिमियर गल्फः तेस्रो दिनमा एमेच्योर खेलाडी राहुलको एकल अग्रता

असार ४, २०८२ | काठमाडौं

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६ अन्डर २ सयको स्कोरमा राहुलले प्रो गल्फर तथा दोस्रो दिनका संयुक्त लिडर सुभाष तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले तेस्रो दिन आज ६ अन्डर ६६ को उत्कृष्ट स्कोर निकाले । 

राहुलले पहिलो दिन ३–अन्डर र दोस्रो दिन ७–अन्डर खेलेका थिए । पहिलो दिनका संयुक्त लिडर सुभाषले आज ५–अन्डर ६७ को स्कोर बनाए । एमेच्योर सदभाव आचार्यले आज ५–अन्डर ६७ को नतिजा निकाले । अब अन्तिम १८ होलको खेल बाँकी रहँदा राहुल, सुभाष र सद्भावबीच उपाधिको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 एमेच्योरद्वय सदभाव र राहुलले यो सिजन एक–एक उपाधि जितिसक्दा सुभाष भने उपाधि रक्षा गर्ने दाउमा हुनेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । 


प्रतिक्रिया