पाल्पाको सत्यवतीमा जीप दुर्घटनामा तीनको मृत्यु, ११ घाइते

जेष्ठ २१, २०८० | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छ्न । मृतक दुई महिला र एक पुरुष रहे पनि उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते दुईजनालाई रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिनुभयो । रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । 

बल्ढेङगढी चौकीबाट केही टाढा पर्ने र एकान्त पर्ने भएकाले दुर्घटना भएको जानकारी पाउनासाथ स्थानीयले नै उद्दार सुरु गरेका थिए । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ । 


प्रतिक्रिया