मौसम प्रतिकूलताले जुफाल विमानस्थल १२ दिनदेखि ठप्प

श्रावण १८, २०८० | वीरेन्द्रनगर

मौसम प्रतिकूलताका कारण डोल्पाको जुफाल विमानस्थलमा विगत १२ दिन उडान हुन सकेको छैन । दुर्गम जिल्ला डोल्पामा आवत्जावत् गर्ने एक मात्र माध्यम हवाइ उडान नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ ।

उडान प्रभावित हुँदा उनीहरु गन्तव्यसम्म पुग्न पाएका छैनन् । जुफाल विमानस्थलका लागि आज बिहान उडेको विमान मौसम प्रतिकूलताका कारण नेपालगञ्ज नै फर्किएको विमानस्थल प्रमुख अमित चौरासियाले बताउनुभयो । 


प्रतिक्रिया