प्रदेश सांसद अनिरुद्र पुर्पक्षका लागि कारागार चलान

भाद्र १९, २०८०

१६ वर्ष अघिको कर्तव्य ज्यान डाका मुद्दामा मधेश प्रदेश सभा सदस्य अनिरुद्र कुमार सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीस डा राजेन्द्र कुमार आचार्यको इजलाशले सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

२०६४ सालमा तात्कालिन माओवादी नेता दिपु भनिने गोविन्द चौधरी को हत्यामा संलग्न रहेको मुद्दामा अनिरुद आरोपी थिए । १६ वर्षदेखि मुल्तवीमा रहेको मुद्दामा हिजो प्रहरीले राजविराजबाट सिंहलाई नियन्त्रणमा लिएको थियो । आज भएको भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।


प्रतिक्रिया