बाँकेमा हतियार प्रहारबाट एक युवक घाइते

मंसिर १, २०८० | नेपालगञ्ज

बाँकेको कोहलपुरमा एक युवकमाथि हतियार प्रहार भएको छ । हतियार प्रहारबाट कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीन बहादुर विक घाइते भएका छन् । 

विकलाई बिहीबार अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । 

उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते विकको आहिले नेपालगञ्जस्थित नर्सिगहोममा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया