दाङको भालुबाङमा बस दुर्घटना, १२ जनाको मृत्यु

पुस २८, २०८० | दाङ

दाङको भालुबाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीमा खसेको थियो । 

राति १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव  बाहिर निकालिएको छ । मृतकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले बताउनुभयो । 

भालुबाङको ट्राफिक विट पार गरेको केहीबेरमा बस पुलको दांयातर्फबाट पुलको रेलिंङ्ग भत्काएर नदीमा खसेको थियो । घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक बहादुर मल्लले बतानुभयो । 

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २३ घाइतेको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी राम बहादुर केसीसहित ३५ नेपालप्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एसपी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको मल्लले बताउनुभयो । 


प्रतिक्रिया