सप्तरीमा पुर्व मन्त्री यादवले सुरु गरे सप्तरी स्वाभिमान यात्रा

माघ ९, २०८०

पूर्वमन्त्री उमेश कुमार यादवले सप्तरी स्वाभिमान यात्रा शुरु गर्नुभएको छ । जिल्लाको बलान बिहुल गाउँपालिकाबाट आजदेखि सुरु भएको अभियानका क्रममा हरेक टोल र वस्ती पुगेर समस्याबारे छलफल गरिने पूर्वमन्त्री यादवले जानकारी दिनुभएको छ । 

समग्र सप्तरीको विकास तथा उत्थानका लागि यात्रा आवश्यक भएकाले अभियान शुरू गरिएको उहाँको भनाई छ । पहिलो चरणमा जिल्लाको १८ वटै पालिकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने पूर्वमन्त्री यादवले बताउनुभएको छ ।


प्रतिक्रिया