जनमत पार्टी विचार र सिद्धान्तविहिनहरुको जमात होः जसपा अध्यक्ष यादव

माघ ९, २०८०

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले जनमत पार्टी विचार र सिद्धान्तविहिनहरुको जमात भएको आरोप लगाउनु भएको छ । राजविराजमा आज पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनिय कामहरु गरीरहेको आरोप लगाउनुभयो । अध्यक्ष यादवले सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यास गर्दा जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोधमा उत्रेका थिए ।

राजनिती गर्ने ब्यक्तिले सरकारमा रहंदाको भुमिका र नरहंदाको भुमिकावारे जान्नुपर्ने उहांको भनाई थियो । आफैं सरकारमा बस्ने अनि सरकार विरोधी प्रर्दशनमा उत्रिनु नैतिक प्रश्न भएको उहांको भनाई थियो । जनमत पार्टी सुध्रिनुपर्ने अध्यक्ष यादबको भनाई छ ।

जसपा अध्यक्ष यादवले आजै महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको हातामा निर्मित इन्जिनियरिङ कलेज भवनको उद्घाटन गर्नु भएको छ । यादव सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्य रहंदा उहांकै संसदीय कोषबाट सो भवन निर्माण भएको हो । यस्तै जसपा अध्यक्ष यादवले आजै नै बिष्णुपुर गाउंपालिकास्थित नवनिर्मत शवदाह गृहको समेत उदघाटन गर्नुभएको छ । यस्तै राजविराज १२ सिगियौनमा कुस्ती प्रतियोगिताको पनि शुभारम्भ गर्नुभएको छ ।  


प्रतिक्रिया