प्रशासकिय अधिकृत गुरुङलाई फागुन ६ सम्म कामकाज गर्न अबरोध नगर्न अदालतको आदेश

फाल्गुन २, २०८०

उच्च अदालत जनकपुरको राजविराज इजलासले राजविराज नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बिष्णुप्रसाद गुरुङलाई आगामी फागुन ६ गते सम्म कार्यालयमा हाजिर भई नियमित कामकाज गर्न अबरोध नगर्नु गर्न नदिनु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । 

राजविराज नगरपालिकाका जनप्रतिनिधी र प्रसासकिय अधिकृत गुरुङ बिच विवाद बढ्दै गएपछि नगर कार्यपालिकाले गुरुङलाई २०८० फागुन १ गतेदेखी लागुहुने गरि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो । 

नगर कार्यपालिकाको सो निर्णयलाई चुनौती दिदै प्रसासकिय अधिकृत गुरुङले कार्यवाहक नगरप्रमुख इसरत परविनसमेतलाई बिपक्षी बनाई हिजो उच्च अदालत जनकपुरको राजविराज इजलासमा उत्प्रेष्ण मुद्धा दायर गर्नु भएको थियो ।  


प्रतिक्रिया