सप्तरीमा ७१ जना विद्यार्थीको परीक्षा रद्ध

चैत्र १८, २०८०

माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत सप्तरीमा आज ७१ जना विद्यार्थीको परीक्षा रद्ध गरिएको छ । 

अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादा विपरित कार्य गरेको आरोपमा ६ वटा परीक्षा केन्द्रवाट ७१ जनाको परीक्षा रद्ध गरिएको शिक्षा समन्वयएकाई सप्तरीका प्रमुख विजयकुमार मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै परिक्षा मर्यादा विपरित कार्य गरेको आरोपमा राजविराजस्थित केअ माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रबाट एकजना कार्यालय सहयोगीलाई निष्कासन गरिएको छ ।


प्रतिक्रिया