फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा प्रवेशमा रोक

असार १३, २०८१ | काठमाडौं

डा. बाबुराम भटराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रदेश सभा सदस्य फणिन्द्र देवकोटालाई सुरक्षाकर्मीले प्रदेश सभामा जान रोकेका छन् ।

आफूलाई मर्यादापालकले प्रदेशसभामा जान रोक लगाएको देवकोटाले बताउनुभयो । रोकिएको विषयमा जानकारी लिन खोज्दा केही खबर नदिएको उहाँको भनाई थियो ।

माओवादी पार्टीको चुनाव चिन्हवाट गोर्खाबाट निर्वाचित देवकोटाले गण्डकीमा कांग्रेस मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै माओवादी संसदीय दलले कारबाहि गरेको थियो । माओवादी संसदीय दलको कारबाहि विरुद्ध उहाँ सर्बाेच्च अदालतमा जानुभएको थियो ।

सर्वोच्चले गत साता नेपाल समाजवादी पार्टीवाट निर्वाचित देवकोटालाई माओवादीको ह्वीप नलाग्ने फैसला सुनाएको थियो ।

अदालतले देवकोटा नेपाल समाजवादी पार्टीकै प्रदेश सभा सदस्य रहने र उहाँलाई निलम्बन गर्न नमिल्ने फैसला सुनाएपछि आज पहिलो पटक गण्डकी प्रदेश सभामा जाँदा त्यहाका मर्यादापालकले रोकेका हुन् ।  


प्रतिक्रिया