सरकारी बेरुजु बढ्नु चिन्ताको विषयः सभामुख घिमिरे

असार १५, २०८१ | काठमाडौं

सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।

महालेखा परीक्षक कार्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

स्थानीय तहमा लेखासमितिको काम प्रभावकारी हुन नसकेको उहाँको भनाई थियो ।

घिमिरेले बेरुजु हुनै नदिने र हालसम्म कायम बेरुजुको फर्छ्योटलाई तीव्रता दिन पर्याप्त जनशक्ति व्यवस्थापनसँगै सम्बन्धित निकायका प्रमुख तथा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी बोध गर्नुपर्ने जिकिर गर्नुभयो ।

महालेखापरीक्षक कार्यालयको ६१औँ प्रतिवेदनअनुसार हालसम्मको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।   


प्रतिक्रिया