यस वर्ष मलको अभाव हुँदैनः प्रधानमन्त्री दाहाल

असार १५, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्ष मलको अभाव नहुने बताउनुभएको छ ।

चितवनको रत्ननगरपालिकास्थित बछौलीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मलको आपूर्ति र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने बताउनुभएको हो ।

आफूले सरकारको नेतृत्व गरेदेखि नै मलको व्यवस्थापनलाई ध्यान दिएको उहाँको भनाइ थियो ।

उत्पादन बढाउन यान्त्रीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशकको रुपमा अघि बढाउन लागेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया