हालसम्म १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाई सम्पन्न

असार १३, २०८१ | काठमाडौं

कृषि विभागले हालसम्म मुलुकभर १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भएको जनाएको छ । 

विभागका अनुसार अघिल्लो वर्षको तुलनामा असारको दोस्रो सातासम्म यो वर्ष ९ प्रतिशत भन्दा बढी धान रोपाई भएको हो ।

 विभागका अनुसार १३ लाख ९८ हजार ८ सय ३६ दशमलव ७३ हेक्टर जमिनमा धान रोपाई हुने क्षेत्रफल मध्ये पछिल्लो विवरण अनुसार ९ दशमलव ८ प्रतिशत रोपाई भईसकेको छ । 

विभागका अनुसार अहिले सम्म सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाई भएको सरकारी तथ्यांक छ । सो प्रदेशमा अहिलेसम्म ४३ हजार ६ सय ३४ दशमलव ३५ हेक्टर जमिनमा धान रोपाई भएको छ ।

 सबै भन्दा कम मधेश प्रदेशमा २ दशमलव ९ प्रतिशत धान रोपाई भएको छ । सो प्रदेशमा हाल सम्म ११ हजार ४० दशमलव ३ हेक्टर जमिनमा धान रोपाई भएको विभागको तथ्यांक छ । 

पानी नहुँदा सिंचाईको अभावका कारण मधेश प्रदेशमा धान रोपाई कम भएको हो ।

 यसैबीच, सरकारले “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २१औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव यही असार १५ गते शनिवार मनाउँदैछ ।  


प्रतिक्रिया