लुम्बिनी प्रदेशको झन्डै १९ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न

असार १६, २०८१ | काठमाडौं

मध्य असारसम्म लुम्बिनी प्रदेशमा झन्डै १९ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको छ ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८ दशमलब ५ प्रतिशत मात्र रोपाइँ सकिएको हो ।

धान रोपाइँ हुने कुल ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म ६७ हजार ६ सय ६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

पौडेलका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ प्यूठानमा भएको छ । प्यूठानमा ६ हजार ५ सय २५ हेक्टर क्षेत्रफल अर्थात धान रोपाइँ हुने क्षेत्रको ८० प्रतिशत जमिनमा रोपाइँ भएको हो ।  


प्रतिक्रिया