जसपा नेपालले एमाले–कांग्रेससहितको सरकारलाई समर्थन गर्ने

असार १८, २०८१

जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले आफ्नो पार्टीले एमाले–कांग्रेससहितको सरकारलाई समर्थन गर्ने बताउनु भएको छ । उहाँले कांग्रेस–एमाले गठबन्धनको सरकारमा जाने नजाने पार्टीको बैठकबाट टुंगो लाग्ने बताउनुभयो ।

पछिल्लो घटनाक्रमलाई पार्टीले सकारात्मक रुपमा लिएकाले नयाँ सरकारलाई समर्थन गर्ने उहाँको भनाई थियो । यसैबीच, विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदको पाँचौं दल राप्रपा आन्तरिक छलफलमा जुटेको छ । त्यसका लागि राप्रपाले पदाधिकारीको बैठक बोलाएको छ । 


प्रतिक्रिया