पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई ११ लाख राहत

असार १८, २०८१

गुल्मीमा शुक्रबार राती गएको पहिरोले पुरेर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयां राहत उपलब्ध गराएको छ । 

संघीय सरकार र प्रदेश सरकारको तर्फबाट प्राप्त ११ लाख रुपैयां राहतरकम परिवारलाई उपलब्ध गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो । 

शुक्रबार मालिका गाउँपालिका ६, अर्जेमा पहिरोले पुरेर एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकार र प्रदेशको तर्फबाट प्रतिव्यक्ति ११ लाख रुपैयां राहत हस्तान्तरण गरीएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । 


प्रतिक्रिया