शुल्क वृद्धी भएको विरोधमा धरानस्थित खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी

श्रावण २०, २०८१ | सुनसरी

खानेपानी महशुल तथा अन्य शुल्कमा अत्याधिक वृद्धि गरेपछि अन्दोलित बनेका धरानका राजनीतिक दल र उपभोक्ताहरुले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन ।

धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा एकसातादेखी आन्दोलित उनीहरुले आज दिनभर बोर्डको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।

तालाबन्दीमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै नगरप्रमुख हर्क साम्पांङको राजीनामा माग गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका नगरप्रमुख साम्पांङले आफूखुसी खानेपानीको शुल्क र महसुलवृद्धि गरेको भन्दै स्थानीयले पछिल्लो एक सातादेखि दैनिक विरोध गर्दै आइरहेका छन् ।

धरानमा ९ हजार ९ सय प्रतिशत सम्म खानेपानी जडान लगायतका शुल्कमा वृद्धि गरिएको छ । साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै विरोधका कार्यक्रम सुरु गरेका हुन् ।  


प्रतिक्रिया