अमेरिकी उच्च अधिकारी नेपाल आउँदै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०८१ | काठमाडौं


केएफएक डेस्क

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि अमेरिकाका तर्फबाट उच्चस्तरीय भ्रमण आज हुँदैछ ।

अमेरिकाकी व्यवस्थापन एवं श्रोत उपविदेशमन्त्री रिजर्ड बर्मा नेपालको दुई दिने भ्रमणमा आउन लाग्नुभएको हो ।

राष्ट्रपति जो बाईडेन प्रशासनका अन्य उच्च पदस्थ अधिकारी सहित नेपाल आउन लागेका बर्माको भ्रमणका क्रममा दुई देशबीचको कुटनीतिक सम्वन्ध, आर्थिक सहयोग लगायतका विभिन्न विषयमा छलफल हुने परराष्ट्रमन्त्रालय श्रोतले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणासंग भेटवार्ता गर्ने तय भएको छ ।

उपमन्त्री रिचर्डको नेपाल भ्रमणका क्रममा विशेष एजेण्डा तय नभएपनि नयाँ सरकारसंगको सहकार्यका विविध आयमबारे छलफल हुने बताईएको छ ।

बर्माले २ साता अघि मात्रै बाईडेन प्रशासनमा विशेष नियुक्ती एवं युक्रेनको आर्थिक पुर्नउत्थान प्याकेजका लागि नेतृत्वदायी भूमिका पाउनुभएको थियो ।

उहाँ अमेरिकी विदेशमन्त्रालयमा एन्टोनी ब्लिङकेन पछि दोस्रो तहमा हुनुहुन्छ ।

यसअघी उहाँ २०१४ देखि १७ को अवधिमा भारतका लागि राजदूत समेत हुनुहुन्थ्यो ।

नेपाल भ्रमण पछि बर्मा भारत समेत जाने अमेरिकी विदेशमन्त्रालयले उल्लेख गरेको छ । 


प्रतिक्रिया