वाग्मती प्रदेशमा अधिकांश प्रादेशिक संरचना नेतृत्वविहीन

भाद्र २५, २०८१

प्रदेश सरकारलाई पूर्णरुपमा सञ्चालन गर्नका लागि आवश्यक अधिकांश महत्वपूर्ण प्रादेशिक संरचना नेतृत्वविहीन अवस्थामा पुगेको छ । वाग्मतीमा कांग्रेस एमालेको संयुक्त गठनबन्धनको सरकार निर्माण भएको करिब दुई महिना पुग्नै लाग्दा आधा दर्जन संरचना नेतृत्वविहीन अवस्थामा पुगेका हुन् ।

प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोक सेवा आयोग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश खेलकुद विकास परिषद्, र प्रदेश दुग्ध विकास बोर्डमा कार्यकारी प्रमुख पद रिक्त छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले छिट्टै प्रादेशिक संरचनाले नेतृत्व प्राप्त गर्ने दावी गर्दै आएपनि हालसम्म यसविषय अगाडि बढ्न सकेको छैन । 

राजनीतिक नियुक्ती हुने पदहरुमा सत्तारुढ दलबीच भागबण्डाको विषयमा छलफल नभएकाले कार्यकारी प्रमुख नियुक्ती प्रक्रिया अगाडि नबढेको हाम्रा सहकर्मीले जनाएका छन् ।


प्रतिक्रिया