धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वर्न सेन्टर सञ्चालन गर्ने

भाद्र २५, २०८१

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका बिरामीहरुको उपचारका लागी छुट्टै सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीहरुको उपचारका लागि प्रतिष्ठानले काठमाडौ उपत्यका बाहिर पहिलो पटक वर्न सेन्टर सञ्चालन ल्याउन लागेको हो । 

वर्न सेन्टरको लागी आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पुर्वाधारको काम समेत अन्तिम चरणमा पुगेकाले १ महिना भित्र सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले जानकारी दिनुभयो । प्रतिष्ठानमासेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीहरुले उपचारका लागी काठमाडौ धाउनुपर्ने बाध्यताको अन्त्य हुने हाम्रा सहकर्मीले जनाएका छन् ।   


प्रतिक्रिया