सहकारी पीडितद्वारा कास्की प्रशासन अगाडि प्रदर्शन

आश्विन ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितले कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । 

पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरुले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् । लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालतमा उपस्थित गराएको बेलामा सहकारी पीडितहरूले प्रशासन अगाडि नाराबाजी समेत गरेका छन् । 

सहकारीका पीडितहरूले लामिछानेले पनि बचत अपचलन गरेको भन्दै गत माघमा जाहेरी दिएका थिए । पोखराकै सहिद चोकमा भने रास्वपाका कार्यकर्ताले सभापति लामिछानेका पक्षमा प्रदर्शन गरेका छन् । सरकारले लामिछानेलाई फसाउने षड्यन्त्र गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 


प्रतिक्रिया