चिसो बढेपछि रुपन्देहीका तीन पालिकाका विद्यालयमा बिदा
पुस २२, २०८१ | तिलोत्तमा
चिसो बढेपछि रुपन्देहीका तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । जिल्लाका दक्षिण भेगका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिइएको हो ।
सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको हो ।
शितलहरका कारण चिसो अत्याधिक बढेकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले बताउनुभयो ।
उहाँका अनुसार तीन पालिकामै माघ ३ गतेदेखि पठनपाठन सुरु हुनेछ । बिदा दिइए पनि विद्यालयको प्रशासनिक कामकाज खुला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले बताउनुभयो । चिसो बढेपछि यस क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ ।