झन्डै चार किलो सुनसहित त्रिभुवन विभानस्थलबाट ४ जना पक्राउ

फाल्गुन १५, २०८१ | काठमाडौं
प्रहरीले त्रिभुवन विभानस्थलबाट चार विदेशी नागरिकसहित झन्डै चार किलो सुन नियन्त्रणमा लिएको छ । विमानस्थलको भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा उज्वेकिस्तानका चार जना नागरिकबाट सो परिमाणको सुन बरामद भएको हो ।
शंका लागेर खानतलासी गर्दा उनीहरुले मलद्वारामा लुकाएर ल्याएको सुन बरामद भएको प्रहरीले जनाएको छ । दुबईबाट काठमाडौं आएका उनीहरुमध्ये तीन महिला र एक पुरुष छन् ।
नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।