चैत १ गते बिदा दिन चितवनका थारु समुदायको माग

फाल्गुन २५, २०८१ | चितवन
थारु समुदायले मनाउने फागु पर्व यो वर्ष चैत १ गते परेको भन्दै सो दिन चितवनमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन थारु कल्याणकारिणी सभा चितवनले माग गरेको छ । सभाले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । चितवनलाई पहाडी क्षेत्र मानेर सरकारले होलीको बिदा यो पटक फागुन २९ गतेलाई कायम गरेको भन्दै १ गते विदा दिन सभाले माग गरेको हो ।
थारु समुदायको जनसंख्या चितवनमा एक लाखको हाराहारीमा रहेको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले बताउनुभयो । २०७८ सालको जनगणना अनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारुहरु छन् । पहाडी ब्रम्हण र क्षेत्रीपछि उनीहरु तेस्रो स्थानमा छन् । थारुका अन्य मुख्य पर्वहरुमा बिदा दिने चलन नबसेको र फागुको बिदा पनि कटौती हुनु दुखद भएको ललित चौधरीको भनाइ छ ।