संसदबाट पारित चार वटा विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

चैत्र ३, २०८१ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सुरक्षित कारोबार ऐनसम्वन्धि विधेयक, इ–कमर्स सम्वन्धि विधेयक, विधायन सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक तथा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैबीच, सरकारले सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धि विधेयक र सहकारी सम्वन्धि विधेयक भोलि प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभाको भोलि बैठकमा ती विधेयक पारित गर्ने कार्यसूचि तय भएको संसद सचिवालयले जनाएको छ । यसअघि ल्याइएका ५ वटा अध्यादेशमध्ये दुई वटालाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्न लागिएको हो । चैत १५ गतेभित्र दुवै सदनबाट प्रतिस्थापन विधेयक पारित गर्ने सरकारको तयारी छ ।  


प्रतिक्रिया