पुल्चोक र भैँसेपाटीको मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी

चैत्र ३, २०८१ | काठमाडौं

ललितपुर जिल्ला प्रशासन कार्यालयले पुल्चोक र भैँसेपाटीस्थित मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पाँचजना भन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रम नगर्न नपाउने गरी प्रशासनले निषेधाज्ञा लगाएको छ । स्थानीय प्रशासन ऐन अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले निषेध आदेश जारी गर्नुभएको हो ।

नषेधाज्ञा आगामी दुई महिना सम्मका लागि रहने प्रशासनले जनाएको छ । यसअघि काठमाडौं प्रशासनले पनि विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।  


प्रतिक्रिया