आगजनी र तोडफोडका घटनालाई लिएर एकीकृत समाजवादीद्वारा भत्सर्ना

चैत्र १७, २०८१
पूर्व राजा समर्थित प्रदर्शनकारीले गत शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड जस्ता क्रियाकलापको एकीकृत समाजवादीले भत्सर्ना गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले पार्टी कार्यालयमा भएका तोडफोड र आगजनीको भत्र्सना गर्नुभएको हो । सो क्रममा भएको नष्ट भएका भौतिक संरचनाको क्षतिपूर्ति पाउनुपर्ने एकीकृत समाजवादीले माग गरेको छ ।
यसैबीच एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापविरुद्ध देशव्यापी कार्यक्रम गर्ने भएको छ ।
पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने एकीकृत समाजवादीले बताएको छ ।