आजका मुख्य समाचारः २०८१ चैत १८, साँझ ०६ः ३० बजे

चैत्र १८, २०८१ | काठमाडौं
संसदीय गतिरोध अन्त्य भएसँगै राष्ट्रियसभाबाट एकै दिन ५ वटा प्रतिस्थापन विधेयक पारित, आजै राष्ट्रपतिबाट प्रमाणिकरण गर्ने तयारी
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ, तीनकुने घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने राप्रपाको माग
क्षमताभन्दा बढी संख्यामा बाल सुधार गृहमा बालबन्दीलाई राख्नुपर्ने बाध्यता, पटक–पटक भएका झडपलाई ध्यान दिँदै सुरक्षित राख्न सुझाव
आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर भएपछि फ्रान्समा दक्षिणपन्थी दलकी नेतृ राष्ट्रपतिय निर्वाचन लड्नबाट वञ्चित
र
नेपाल सुपर लिग फुटबलमा पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा जारी