कालाजारलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती

जेष्ठ ५, २०८२

सन् २०२६ सम्म कालाजारलाई निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको छ । कालाजार रोग नयाँ जिल्लाहरुबाट रिपोर्ट भइरहेकाले जनस्वास्थ्य समस्याको रपबाट निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको हो । पछिल्लो समय कालिकोट, डोल्पा जस्ता हिमाली जिल्लामा कालाजारको दर उच्च पाइएको छ । यस्तै पाल्पा, कैलाली, सुर्खेत, धनुषा र ओखलढुंगामा पनि कालाजारका बिरामीको संख्या बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो समय विभिन्न खाले संक्रामक रोग विरुद्ध सरकारले रोकथाम तथा न्युनिकरणको अभियान नै चलाएपनि लक्ष्य प्राप्ती हुन सकेको छैन । बाँकेको तीनवटा स्थानीय तहमा समुदायमा प्रसारित हात्तीपाइले संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । यस्तै केही जिल्लामा कुष्ठरोगका बिरामी अझै पनि भेटिने गरेका छन् । यस्तै लामखुट्टेको टोकाइबाट हुने डेंगीका बिरामीको वृद्धिसँगै प्रभावित जिल्लाहरुको संख्या पनि थप हुँदै गएको छ । व्यक्तिको हाउभाउ र संसर्गबाट कतिपय रोगहरु सर्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । 


प्रतिक्रिया