नेपाल पुलिस क्लबद्वारा पिएम कप एनभिए भलिबलको महिलातर्फको उपाधिमा ह्याट्रिक

जेष्ठ १५, २०८२ | काठमाडौं

नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिगको महिलातर्फको उपाधिमाथि ह्याट्रिक गरेको छ । पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जितेको हो ।

 पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित कभर्ड हलमा आज भएको फाइनल खेलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । 

पुलिसले न्यु डायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ ले जित्यो । लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई ३–० ले हराएको थियो । पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो हुँदै फाइनलमा पुगेका थिए । महिलातर्फ नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ । 

एभरेष्टले २५–१८, १०–२५, २५–१३ र २९–२७ ले सेट जित्यो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–१ हराउँदै पुलिस तेस्रो भएको छ ।  


प्रतिक्रिया